पश्चिमाञ्चल यातायात कम्पनीमा पाण्डेको नेतृत्व

प्रकाशित मिति:

बुटवल –देशका सम्पुर्ण ब्यबसायी संघहरुलाई कम्पनी ऐन अनुसार प्र।ली।मा दर्ता भै संचालन गर्नको लागि नेपाल सरकारले निर्णया गरेपछि नेपालकै जेष्ठ यातायात ब्यबसागयी संस्था पश्चिमाञ्चल नेपाल यातायात ब्यबसायी समिति पहिलो पटक सेवामुलक कम्पनी प्रालिमा दर्ता भइ संचालनमा आएको पश्चिमाञ्चल नेपाल यातायात ब्यबसायी प्र।लि।को संस्थापकहरुको तदर्थ समितिको पहिलो साधारण सभाले यम प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

कम्पनीको सोमवार बुटवलमा भएको साधारण सभाले तदर्थ समितिका अध्यक्ष टिकाराम गौतम,लोक राज पोखरेल, गणेश घिमिरे, वसन्त खडका, हरि रिमाल, गौपाल न्यौपाने, खगराज गौतम, प्रेम श्रेष्ठ, हुम बहादुर जिसी, महेन्द्र कार्की, खिम बहादुर थापा, र कृष्ण ठकुरीलाई संचालकमा चयन गरेको छ ।साधारण सभाले कम्पनीको वरिष्ठ सल्लाहकारमा जीत बहादुर भाट र प्रताप बहादुर कार्कीलाई चयन गरेको छ । नव निवार्चित अध्यक्ष पाण्डे पश्चिमाञ्चल यातायात समितिका पनि अध्यक्ष हुनु हुन्छ