गुडविल फाइनान्स द्वारा सरसफाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल – हजारौं बिरामीको उपचार गर्ने बुटवलको पुरानो लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम सम्पन भएको छ । नेपालको चौथो संविधान दिवसको दिन पारेर गुडविल फाइनान्स लिमिटेड बुटवल साखाले लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ गरेको छ । मानिस स्वास्थमा सरसफाइ अति आवश्यक भएकोले हामी सफासुग्गर हुनुपर्छ र अहिले फहिलेको डेङ्गु रोग पानी जम्ने र फोहोर बाट निस्किने भएकोले अस्पतालका कुनै पनि बिरामीमा केही समस्या नआउनको लागि भनेर फाइनान्स उक्त कार्यक्रम आयोजना गरेको गुडविल फाइनान्सका बुटवल साखाका ब्रान्च म्यानेजर दिपक चापागाईंले बताउनु भयो ।

साथै यस सरसफाइ कार्यक्रम बाट अस्पतालमा भएको फोहोर व्यवस्थापन गर्नको लागि ब्रान्च म्यानेजर दिपक चापागाईंले प्रादेशिक अस्पतालका कर्मचारी खेमराज भुसाललाई डस्बिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा क्रेटिभ युवा क्लब र रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकसको पनि उपस्थिति थियो । सरसफाइ कार्यक्रम र अन्य सामाजिक काम गर्दै आएको गुड विल फाइनान्स लिमिटेड ले बुटवल ६ दिपनगर स्थित सिद्देश्वोरी लालकुमारी मा.बिमा २०७६/०६/०२ गते बित्तीय साक्षरता कार्यक्रम पनि आयोजना गरेको थियो ।