नवलपरासी-पश्चिम नवलपरासीको प्रतापपुर अपागं संस्था तथा जनजागृती अपागं संस्थाको आयोजना र प्रताप्र गाउपालिकाको सहयोगमा अपागं भएका व्यक्तिहरुका लागि परिचयपत्र वितरण कार्यक्रम बुधबारदेखि वेलाटारीमा प्रारम्भ भएको छ । प्रतापुर गाउपालिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक मन्जु कुमारी चौधरीको संयोजकत्वमा कार्यक्रम सुरु भएको हो ।
सो अवसरमा उपाध्यक्ष चौधरीले अपागं व्यक्तिहरुको लागि परिचयपत्र वितरण बाट राज्यले दिने सेवा सुविधालाई अपागं भएका व्यक्तिहरुले सहज र सरल ढंगबाट पाउन सक्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक चौधरीले परिचय पत्र वितरणबाट सम्पुर्ण अपागं सामुदाय नै सम्मानीत हुने बताउदै यो कार्यक्रममा १ सय ३० अपागंता भएका व्यक्तिहरुलाई परिचयपत्र दिने लक्ष्य रहेको समेत बताउनुभयो । सो अवसरमा समन्वय समितीका सदस्य दधिराम शर्मा, बच्चा राजभर लगाएतको उपस्थिती रहेको आयोजक संस्थाले जानकारी दिइएको छ ।










