बुटवल शितल चौतारीको दोस्रो बार्षिक उत्सव विशेष रचना वाचन एवम् समान कार्यक्रम सम्पन्न
बिपिन नेपाल –बुटवल शितल चौतारीले दोस्रो बार्षिक उत्सव विशेष रचना वाचन एवम् समान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ठाउँ बाट परिचीत गजलकार साथै कविहरुको उपस्थितमा भएको कार्यक्रमा शितल चौतारीको अध्यक्ष आकाश श्रेष्ठको नेतृत्वमा संयोजक मदन प्यासीले गर्नु भएको थियो । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गजलकार बौद्ध राना साथै विशिष्ट अतिथी अक्सबृज कलेजका प्रमुख डि।पि खनाललाई निम्त्याएको थियो भने अतिथीको भुमिका कार्यक्रममा पाल्नु भएको विभिन्न गजलकार धादिङबाट यात्रीप्रकाश पाण्डे बाकेबाट नमिता बल्ल गुल्मी बाट बिष्णु बिवश पोख्रेल बाग्लुङ बाट बिनोद बिवश बर्दिया बाट हिमाल ओली सप्तहारी रोमा लम्सालबागलुङ मनिश गौतमले गर्नु भएको थियो भने कविहरु अर्घाखाची बाट स रामचन्द्र श्रेष्ठ धादिङबाट राजु झल्लु प्रसाद बाग्लुङ बाटबिवश बाबु कास्कीबाट सुदर्शनम्याग्दी बाट घायलश्री हुनुहुन्थ्यो ।

शितल चौतारीको दोस्रो वाषिर्क उत्सव विशेष रचना वाचन एवम् समान कार्यक्रमको उद्घाटन प्रमुख अतिथी ज्युले पान्समा दिप बाली र केक काटेर गर्नु भएको थियो । उक्त कार्यक्रमा विभिन्न क्षेत्रका संचारकर्मी पनि उपस्थित हुनुभएको थियो । साहित्य क्षेत्रमा अझै बडि जोड दिने र सम्पूर्णले साहित्य क्षेत्रको तर्फ रुचि राख्नु पर्छ भन्दै कार्यक्रममा स्वागत मन्तव्य सिरु क्षेत्रीले राख्नुको लगातर कार्यक्रमा उपस्तिथि सम्पुर्ण रचना वाचनका अतिथिले आफ्नो तीन तीन वटा आफ्नो रचना सुनाउनु भएको थियो ।कार्यक्रममा अतिथीहरुको रचना मात्रै नभई उपस्थित दर्शक मानवहरुलाइ पनि आफ्नो रचना सुनाउने मौका पनि दिलाएको थियो । दोस्रो वाषिर्क उत्सव विशेष रचना वाचन कार्यक्रमा सहयोगी साथीहरु , शितल चौतारीको सम्पूर्ण परिवार , उपस्तिथि संचारकर्मी एवम् कार्यक्रमको अतिथी र प्रमुख अतिथी लाई समानपत्र साथै मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिले सम्पूर्ण शितल चोतारिको परिवारलाई धन्यवाद प्रकट गर्दै आफुले आफ्नै शब्दमा कोरिएका गजलहरु वाचन गर्नु भएको थियो भने सोही कार्यक्रमा कार्यक्रम संचालिका गोमा भट्टराईले कार्यक्रमको अध्यक्ष आकाश श्रेष्ठलाई आफ्नो मन्तव्य राख्न भन्दै कार्यक्रमको अन्त्य अध्यक्षको आफ्नो मन्तव्य राखी गर्नु भएको थियो ।












