सरकारको कामको नतिजा देखिने बेला आएको मन्त्री पुनको भनाई

प्रकाशित मिति:

नवलपरासी-नवलपरासी आउनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताउनुभएको छ । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताउनुभयो । पश्चिम नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि पुनले झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव सरकारका कामको नतिजा देखिन थालेको र सरकारले पहिलो बर्ष आधार तयार पार्न लगाएको बताउदै अव विकास र समृद्धिको नतिजा देखा पर्दै जाने र सरकारले गरेका काम जनतासम्म पु¥याउनुपर्ने दायित्व पार्टीको पनि रहेको बताउनुभयो ।

मन्त्री पुुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउनुभयो । साथै उहाँले अहिले राष्ट्र र नेकपाको स्वार्थ भनेकधो देशको विकास हो जसलाई सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न छिमेकी राष्ट्र संग समन्वय सहकार्य अगाडी बढाएको बताउनुभयो । मन्त्री पुनले राज्यले उर्जा क्षेत्रमा विशेष कदम अगाडी बढाएको र लगानी सम्मेलनमा जापानका लगानीकर्ता र कतार लगाएतका अन्य मुलुकका ठुला कम्पनीहरु संग सहकार्य गर्ने तयारीमा रहेको बताउनुभयो ।एक फरक प्रसङ्गमा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता टुङ्ग्याउन बाँकी छ, अव त्यो पनि छिट्टै टुङ्ग्याउने बताउनु्भयो । मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।