कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिरोध र उनलाई न्याय दिलाउन बुटवलमा दबाब र्याली निकालिएको छ ।पल्सरियन नेपालको आयोजनामा बुटवलमा दबाब र्याली निकालिएको हो । बिभिन्न प्ले कार्ड सहितको बिरोध र्याली बुटवलको गोलपार्कबाट शुरु भइ योगिकुटी,देबीनगर,मिलनचोकहरुदै पुन अस्पताललाईनमा आएर कोणसभामा परिणत भएको पल्सरियन नेपालका बिशाल भुसालले बताए ।
निर्मला र उनीजस्तै अन्यायमा परेका चेलीहरुको सम्मान र न्यायका लागि बिरोध र्यालीम गरिएको जनाइएको छ ।
पल्सरियन नेपाल बजाज मोटरसाइकल चढ्नेहरुको आधिकारिक संस्था हो । यस्तै पन्तलाई न्याय दिलाउन माग गर्दै बुटवलमा बिभिन्न संघ संस्था तथा युवाहरुले प्रदर्शन गरेका छन् ।












