सबलपोस्ट/बुटवल – टोकरी बेकरी दोश्रो शाखा बुटवलमा संचालनमा आएको छ । बुटवल ९ होराइजनचोकमा बेकरीको चर्चित गायक प्रकाश सपुतले रिबन तथा केक काटेर शुभारम्भ गरे । करिब ८० लाखको लागतमा आधुनिक शैलीमा टोकरी बेकरी संचालनमा ल्याइएको हो । यसअघि काठमाडौंको सामाखुसीबाट बेकरीले आफ्नो पहिचान र ब्राण्ड स्थापित गरेको थियो ।
रिबन काटेपछि सपुतले नेपालमै पनि रोजगारी सिर्जना गर्न सकिने उदाहरण टोकरी बेकरीले देखाएको भन्दै धन्यबाद दिएका थिए । बेकरी डेढ बर्षदेखि काठमाडौंमा संचालनमा आइरहेको थियो । टोकरी बेकरीमा बेकरी जन्य उत्पादनका साथै फास्ट फुडको पनि ब्यबस्था गरिएको संचालक इन्दिरा पौडेलले बताउनुभयो ।
बुटवलमा बेकरीको माग बढेपनि यस्को बजारलाइ अझै ब्यवस्थित बनानुपर्ने उहाको भनाइ छ । टोकरी बेकरीमा सिइयो लक्ष्मण ज्ञवाली सहित इन्दिरा पौडेल,सागर पौडेल,राधिका पौडेल,हरि पौडेल लगायतको लगानी रहेको छ । टोकरी बेकरी बुटवलमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।










