कौरव खत्री गुल्मी १३ कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङकोटमा पिकअप जिप दुर्घटना हुदा २ जनाको मृत्यु ३ घाइते भएका छन् ।सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक पुरुष र एक महिलाको मृत्यु भएको जनाइएको छ ।दुर्घटनामा घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका भानुभक्त पौडेल, बिष्णु बिक, छोरी सोनीया विक रहेका छन् । घाइते भएका सबैलाई उपचारको निम्ती बाग्लुङ्गको हटिया पठाइएको छ । घटना स्थलमा हटियाबाट प्रहरीको टोली पुगेको जनाएको छ । दुर्घटनाको विस्तृत जानकारी आउन बाकी रहेको बताइएको छ । पिकअप जिप मोटरबाटो देखि करिव ३ सय मिटर तल खसेको जनाइएको छ ।










