रमेश विश्वकर्मा ,गुल्मी ।जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शब फेला परेको छ । एक महिला र दुई बालिकाको शव आज शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिलाको शव भेटिएको स्थानबाट एउटा बालिकाको शव दुई सय मिटर र अर्को बालिका दुई सय ३० मिटरको दुरिमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । महिला अन्दाजी २७ र बालिकाहरु एउटा अन्दाजी ७ र अर्को ११ बर्षको रहेको घलेले बताए । घटना स्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दुरीमा रहेको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोलि घटनास्थल पुगेको छ । भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोलि घटना स्थल तर्फ लागेको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान शुरु भएको प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले वताए ।










