तेस्रो लिङ्गीले गरे अनाथ तथा असहायलाई सहयोग

प्रकाशित मिति:

झविन्द्र देवकोटा /बुटवल- यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले बुटवल– ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा आश्रित अनाथ तथा असहायहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गएको तिहारमा बुटवलका विभिन्न स्थानमा सामुहिक रुपमा खेलेको देउसी भैलोबाट संकलन भएको रकमबाट खाद्यान्न खरिद गरि तेस्रो लिङ्गी महिला तथा समलिङ्गीहरुले आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गरेका हुन् । तेस्रो लिङ्गि महिला विनीता शाहीको नेतृत्वमा खेलिएको भैलोबाट संकलित रकमको केहीअंश अनाथ तथा असहायलाई सहयोग गरिएको तेस्रोलिङ्गी महिला विनिता शाहीले बताउनुभयो ।

आश्रमलाई तेल, चालम, विस्कुट, जुस लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रत्यक वर्ष देउसी भैलो खेलेर संकलन भएको रकमको केही हिस्सा असहाय तथा अनाथका लागि खर्चिदै आएको जानकारी दिनुभयो । कार्यक्रममा आश्रमका अध्यक्ष डोल बहादुर रामदामले तेस्रो लिङ्गी महिलाहरुलाई असहायलाई सहयोग गरेर समाजमै उदाहरणीय कार्य गरेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा तेस्रो लिङ्गी महिला मनिला न्यौपाने, अवान्तिका घर्ति लगायतले तेस्रोलिङ्गीहरु अनाथ तथा असहायहरुलाई सहयोग गरिने उल्लेख गर्नुभयो ।