रोहित पुनको हत्यारालाई कारवाहीको माग गर्दै तरुण दलद्धारा भैरहवामा प्रदर्शन

प्रकाशित मिति:

नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ ।तरुण दलको केन्द्रीय कार्यक्रम अनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई उक्त ज्ञापनपत्र बुझाइएको तरुण दल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरु¨ले बताए ।

गत भदौ २४ गते रोल्पाको सुलिचौर बजारमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता देव घर्ती लगायत हतियारधारी समुहले तरुण दलका नेता पुनको निर्मम तरिकाले गोली प्रहार गरी हत्या गरेकोले दोषीलाई कडा कारवाही माग गरेको छ ।इलाका प्रहरी कार्यालयबाट झण्डै पन्ध्र मिनेटको दुरीमा रहेको सुलीचौरमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लिएर अपराधिक र आतंककारी शैलीमा पुनको हत्या गरेकोले उनलाई सहिद घोषणा गर्नुपर्ने तरुण दल रुपन्देहीले जोडदार माग गरेको हो ।तरुण दल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरु¨द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा यस दुखद घडीमा यो असहय घटनाले हामीलाई स्तब्ध बनाएको छ । नेपाल तरुण दल यो नालायक सरकारलाई जनताको जिउधनको सुरक्षा र अपराधीहरुलाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिन्छौं । अन्यथा यो सर्वसत्तावादी सरकारको विरोधमा आधीबेरी सिर्जना गर्न नेपाल तरुण दल बाध्य हुनेछ उल्लेख गरिएको छ ।ज्ञापनपत्र बुझाउन अघि नेपाली कांग्रेस रुपन्देहीका पार्टी कार्यालबाट सुरु भएको विरोध ¥याली नगरका विभिन्न क्षेत्रको परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर प्रशासन कार्यालय घेराउ गरेको थियो । ¥यालीमा सहभागि तरुण दलका नेता कार्यकर्ताहरुले रोहित पुनलाई सहिद घोषणा गर, हत्यारालाई कारवाही गर, ओली सरकार मुर्दावाद, शान्ति सुरक्षा कायम गरे, गृह मन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।