बालबालिकाको अधिकार सुनिश्ति भए मात्रै समृद्ध नेपाल सुखि नेपालीको नारा सार्थक हुने

प्रकाशित मिति:

कपिलबस्तु /बालबालिकाको अधिकार सुनिश्ति भए मात्रै समृद्ध नेपाल सुखि नेपालीको नारा सार्थक हुने गौर सरकारी संस्था नेपालका अध्यक्ष प्रविक कुमार श्रवास्तवले बताउनु भएको छ । घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले आयोजना गरेको वेटर व्रिक नेपाल परियोजना संचालन गरी उद्योगलाई बालमैत्रि तथा वालश्रम मुत गर्न सफल रहेका उद्योगहरुलाई प्रविधिक सुधारका लागि चेक हस्तारन्तरण कार्यक्रमलाई सम्बोदन गदै उहाँले शनिबार बाणगंगा नगरपालिका–८ बोर्डगाउँको जलेश्वर मन्दिको सभाहलमा यस्तो बताउनु भएको हो । गाउँ गाउँमा सिंहदरवार नारालाई पुरा गर्न राज्यले बनाएको ऐन कानुन पुरा गर्न आश्यक रहेको बताउनु भयो । सरकारले कुनै अधिकार ल्याउदैमा अधिकार पुरा नहुने बताउदै अधिकारका नारामालाई व्यवहारमा देखाउन सक्नु पर्ने तर्क गर्नु भएको छ ।

त्यस्तै वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले अधिकारका कुरा गर्दा अझैै पनि कतिपय बालबालिका आफनो अधिकार बाट बञ्चित भएको बताउनु भएको छ । साथै उहाँले सुविधले दिएको अधिकार सबैलाई उतिकै मात्रामा लागु हुनुपर्ने तर्क गर्नु भयो । वडा अध्यक्ष भुषाललले बालश्रम हुन सफल उद्योगहरुलाई धन्यवाद समेत दिनु भएको छ । त्यस्तै कार्यक्रमा बुद्धभुमि नगरपालिका अधिकृत राजन पोख्रेल, ईट्टा व्यवसायिकका महासचिव रुक वहादुर भुषाल, युवा नेता तथा समृद्धि ईट्टा उद्योगकका संचालक डमर शर्मा, कालिका स्वालम्वन सामाजिक संस्थाका रामेन्द्र रावल लगायतले कार्यक्रममा बोल्दै बालबालिकाको क्षेत्रमा तीन वटै तहका सरकार सम्वेदनशिल हुनु पर्ने बताउनु भयो । साथै शिक्षा, स्वास्थ्य, समाजिक उतरदायित्व क्षेत्रमा स्थानिय निकालले अनुगामन गर्न समेत आवश्यक रहेको बताउनु भयो । संस्थाका प्रतिनिधी तथा पत्रकार कमल चौधरीले कार्यक्रमको प्रस्तुती दिदै सन् २०१४ देखि २०१९ सम्मका संस्थाका उपलब्धिहरुको बारेमा बताउनु थियो ।उहा बेटर व्रिक नेपाल परियोजना मार्फत संस्थाले गरेको गतिविधीबारेमा जनकारी समेत गर्नुभएको थियो । घर घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थनकला पौडेलको अध्यक्षता, संस्थाका सचिव विष्णु प्रसाद न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संञ्जुल केसीले गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव बेल्लवासे, इट्टा उद्योगीहरु, विभिन्न संग संस्थाका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा रुपन्देहीको सोना इट्टा उद्योगका विक्रम बज्रञ्चार्य, कपिलबस्तुका एन.एस.एस ईट्टा उद्योगका दुनिका भुषाल, वौद्ध ईट्टा उद्योगका किरण खड्का, संमृद्ध ईट्टा उद्योगका डमर शर्मा र लक्की ईट्टा उद्योगका सुनिल श्रेष्ठ लाई ५० हजारको प्रविधिक सुधारका लागि चेक हस्तारन्तरण गरिएको थियो । संस्थाहरुले बालबाकिाको क्षेत्रमा कार्यक्रममा बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छा विपरित श्रम मान्य नहने, पारिश्रमिक तथा कार्य घण्टाको उचित व्यवस्थापन, कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको उचित व्यवस्थापनका ५ वटा सर्तहरुमा काम गरेको छ ।