उच्च स्तरिय बनभोज तथा पर्यटन केन्द्र बनाउन सभापति शाहले गैडहवामा पारे ४० करोड
सबलपोस्ट/बुटवल – नेपाली कांग्रेसका प्रभावसाली नेता एबम सार्वजनिक लेखा समिति सभापति तथा प्रतिनिधि सभा सदस्य भरत कुमार शाहले आफू जनता माझ गरेको प्रतिबद्धता अनुरुप रुपन्देहीको क्षत्र न ५ गैडहवा गाउँपालिकामा रहेकोे गैडहवा ताललाई ब्यबस्थापन गर्न र उच्च स्तरिय बनभोज तथा पर्यटक केन्र्दको बिकास गर्न गैडहवा ताल मा रहेको ८० बिगाहा क्षेत्रलाई ब्यबस्थापन गर्न ४० करोड रकम बिनियोजन गरी उक्त कार्यको डिपिआर कार्य समेत सम्पन्न भएको छ ।
चुनावी एजेण्डा बनाएर निर्वाचनमा होमिएका शाहले उक्त कार्यको योजना पार्दा स्थानियमा खुशी छाउनुका साथै सबैको विश्वासिलो पात्र भरत शाह बनेका छन ।













