कञ्चन/गत मंसिर ६ गते देखि शुरु भएको ऐतिहासिक बालाचतुर्दशी भैरमघाट मेला तथा बिबिध सांस्कृतिक कार्यक्रम २०७६ सम्पन्न भएको छ ।पितृहरुको नाममा शतबिज छर्ने तथा तोरण तार्ने मेलाको रुपमा स्थापित बालाचतुर्दशी भैरमघाट मेला बि।स।२०४४ सालमा कञ्चन ( ३ निवासी प्रेम प्रसाद उपाध्यायले सप्ताह पुजा गरि पुजा सामग्री कञ्चन नदीमा सेलाई पितृहरुको नाममा शतबिज छरेर तोरण तारी शुरु भएको मेलामा देशका विभिन्न स्थानहरुबाट शतबिज छर्न तथा तोरण तार्न आउने बालाचतुर्दशी भैरमघाटमा प्रदेश नं।५ रुपन्देही क्षेत्र नं।५ ९क०का सांसद भुमिश्वर ढकालका का पिता प्रेम प्रसाद उपाध्यायले शिवालय मन्दिरको शिलन्यास गर्नु भएको थियो।

प्रदेश नं।५ रुपन्देही क्षेत्र नं।५ ९क का सांसद भुमिश्वर ढकालको राजनैतिक जीवनसंग जोडिएको मेला भएको कारण यस बालाचतुर्दशी भैरमघाट मेलाको विशेष पहिचान रहेकोले भैरममघाट स्थललाई धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्न विशेष गुरुयोजना तयार गरि बहुआयामिक मन्दिर निर्माण गरिने सांसद ढकालले बताउनु भएको छ।कञ्चनलाई बिकास र पर्यटनको सामरिक क्षेत्रको रुपमा बिकास गर्न बिकासका पुर्वाधारलाई विशेष प्राथमिकता दिइएने सांसद ढकालले बताउनु भएको छ।कार्यक्रममा बालाचतुर्दर्शी भैरमघाट मेलाको शुभारम्भ गर्नुहुने कञ्चन ३ निवासी प्रेम प्रसाद उपाध्यायलाई मेला शुभारम्भको स्मरण पत्र सहित सम्मान गरिएको थियो भने कञ्चन गाउपालिका अन्तर्गत वडा स्तरिय महिला भलिबल प्रतियोगितामा कञ्चन गाउपालिका वार्ड नं।३ प्रथम भएको छ भने कञ्चन ४ द्दितिय भएको छ।त्यस्तै पुरुष कञ्चन गाउपालिका ४ प्रथम भएको थियो भने कञ्चन ४ वुद्धनगरटोल दितिय भएको थियो।राष्ट्रिय लोक तथा दोहोरी गायिका सम्झना भण्डारी,बिधान कार्की,श्रीनिवास चौधरी र स्थानिय कलाकारहरुले सांगेतिक प्रस्तुति रहेको मेलामा ३० हजार दर्सकले मेलाको अबलोकन गरेको आयोजकले जनाएकोछ।मेला ब्यबस्थापन समितिका संयोजक ठाकुर सुनारको अध्यक्षता तथा गौतम बुद्ध युवा क्लबका टंक थापाले स्वागतमा सम्पन्न कार्यक्रमको संचालन तारा पौडेल र प्रेम सिंह रानाले संचालन गर्नु भएको थियो।













