भद्राक्षि देवि मन्दिरको भौतिक संरचना तथा भ्यू टावर निर्माणका लागि सहयोग आउने क्रम बढ्दो
तिर्थराज ज्ञवाली/दाङ-दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं ९ देविकोट स्थीत भद्राक्षि देवि मन्दिरको भौतिक संरचना तथा भ्यू टावर निर्माणार्थ राप्ती गाउँपालिका वडा नं ४ को मझनिगढ सिमलखुटिमा संचालीत श्रीमद्भागवत सप्ताह धनधनन्याञ्चल ज्ञान महायज्ञमा धार्मीक आस्था तथा विकास प्रमी नागरिकहरुले सहयोग गर्ने क्रम बढिरहेको देविकोट धार्मिक तथा पर्यटन विकास समितिका उप संयोजक तथा आर्थिक संयोजक चन्द्र बहादुर जिसीले बताउनु भएको छ ।भद्राक्षि देवि मन्दिरको भौतिक संरचना तथा भ्यू टावर निर्माणको मुख्य उदेश्यका साथ सञ्चालन भएको ज्ञान महायज्ञ मंसिर ११ गते सुरुभई १९ गते सम्म आयोजना हुने छ

श्रीमद्भागवत सप्ताह धनधनन्याञ्चल ज्ञान महायज्ञमा मंसिर १२ गते देखी १९ गते सम्म निरन्तर विहान ६ बजेदेखी ८ बजे सम्म मण्डप पुजाहुने, विहान ८ बजेदेखी १० बजेसम्म भागवत पाठ पारायण, भजनकीर्तनका साथै देवलीला झाँकी देखाईने, प्रवचन विहान १० बजे देखी ४ बजेसम्म गरिने, लाखबत्ती जागाराम मंसिर १८ गते र समापन महास्नान मंसिर १९ गते हुने देविकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले जानकारी दिनु भएको छ ।देविकोट जाऔ शक्तिपीठ भद्राक्षी देविको दर्शन गरौ, विभिन्न पर्यटकीय भौगोलिक दृष्य अवलोकन गरौ भन्ने मुल नारा र उदेश्यका साथ नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरि देविकोट धार्मिक तथा पर्यटन विकासको लागि ज्ञान महायज्ञको आयोजना भैरहेको देविकोट धार्मिक तथा पर्यटन विकास समितिका कोषाध्यक्ष झग्गुप्रसाद अधिकारीले बताउनु भएको छ ।देविकोट शक्तिपीठको रुपमा रहेको मानिन्छ । धार्मीक मान्यता अनुसार श्री स्वस्थानी ब्रतकथाको नबौ अध्यायमा उल्लेखीत सतीदेवीको बायाँ घुडा पतन भएको स्थलमा भद्राक्षी देवि मन्दिर निर्माण गरिएको छ र सो ठाँउको विकास सबै मिली गर्ने उदेश्य भाव यो मझनिगढ सिमलखुटिमा संचालीत श्रीमद्भागवत सप्ताह धनधनन्याञ्चल ज्ञान महायज्ञको रहेको वडा अध्यक्ष द्धय रिम बहादुर सुनारी र विष्णु बहादुर घर्ति क्षेत्रि बताउनु हुन्छ ।
श्रीमद्भागवत सप्ताह धनधनन्याञ्चल ज्ञान महायज्ञको माध्यमबाट भद्राक्षि देवि मन्दिरको भौतिक संरचना तथा भ्यू टावर निर्माणका लागि १२ गते साझ सम्म मुरलीधर घीमिरे राप्ती गाँउपालीका वडा नं ४ मौरीघाट बाट ५ लाख १, जय गिरी राप्ती गाँउपालीका वडा नं ४ सिमलखुटी बाट १ हजार १ सय ११, स्वगीय श्रीमती केवरा गिरी को सम्झनामा पती पोमलाल गिरी वडा नं ४ सिमलखुटी १ हजार ५सय, स्व गृह बहादुर अधिकारी को सम्झनामा उमा अधिकारी १ हजार, राप्ती गाउँपालिका वडा नं ८ वियस आर होटलका बिनोद चौधरी बाट १ हजार ५ सय, भुप बहादुर वली राप्ती गाँउपालीका वडा नं ४ मझनीगढ १० हजार १ सय १, नर्तु गिरी राप्ती गाउपालीका वडा नं ४ मझनीगढ बाट १० हजार ५१, गुमान बहादुर खत्री राप्ती गाँउपालीका वडा नं ४ सिमलखुटी बाट ५ हजार ५, कुलानन्द बेलवासे राप्ती गाँउपालीका वडा नं ५ सिसहनीया बाट १ हजार १ सय, तोयाराम वली राप्ती गाँउपालीका वडा नं ४ मझनीगढ १० हजार १ सय, कृष्ण ज्ञवाली राप्ती गाउपालीका वडा नं ४ मौरीघाट बाट ५ हजार १ सय ५, धर्मराज शर्मा राप्ती गाँउपालीका वडा नं ५ कालापानी बाट १२ हजार ५ सय, शिबा शर्मा राप्ती गाँउपालीका वडा नं ५ कालापानी बाट १२ हजार ५ सय, निम बहादुर मल्ल राप्ती गाँउपालीका वडा नं ४ मौरीघाट ५ हजार ६ सय, स्वर्गीय बुवा आमा निमलाल मोहरा र लिखुरा देवी मोहरा को सम्झना मा घन बहादुर मोहरा राप्ती गाँउपालीका वडा नं ४ सिमलखुटी बाट १० हजार ५१ सहयोग प्राप्त भएको छ । त्यस्तै राप्ती गाँउपालीकाले नगद १ लाख १० हजार दिने निर्णय गरेको छ भने सांसद क्षेत्र नं १ दाङ का मेटमनि चौधरी बाट आगामी आर्थिक वर्षको सांसद कोषबाट १५ लाखको योजना देविकोट मन्दिरका लागी दिने प्रतिबद्धता गर्नुभएको छ ।












