प्रदेश सरकारले सवै वर्ग र क्षेत्रलाई समेट्न लक्षित वर्ग मैत्री निति निर्माणको तयारीमा
बुटवल/ प्रदेश नं ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले आदीवासी जनजाति, महिला, वालवालिका , सिमान्तकृत वर्ग, दलित,,अल्पसंख्यक, पिछडा वर्ग मैत्री बजेटको लागि निती बनाउन लागेको बताएका छनप्रदेश सरकारले सवै वर्ग र क्षेत्रलाई समेट्न लक्षित वर्ग मैत्री निति निर्माणको तयारीमा लागेको बताएका हुन । उनले नितिगतरुपमा नै ति समुदायहरुको अधिकार स्थापित गर्न लागेको बताए । स्थानिय प्रदेश र संघिय सरकार पछाडी पारिएका वर्गको लागी भएको वताउदै मन्त्रि बरालले पहु“च नभएकाहरुलाई राज्यको पहु“चमा पुराउने उदेश्यका साथ काम गरिरहेको बताए ।
विहिवार मन्त्रालयमा आयोजित नेपाल पिछडा वर्ग महासंघ प्रदेश नं ५का पदाधीकारी, सदस्य तथा अगुवाहरुसंगको छलफल कार्यक्रममा मन्त्रि बरालले पिछडा वर्गको सामाजिक, आर्थिक, सांस्कृतीक अधिकार सवलीकरणको लागी महासंघ संग सहकार्य गर्न तयार रहेको बताए । पिछडा वर्गको जिविकोपार्जनको लागी सिपमुलक तालिम, तथा कुरुती विरुद्धको अभियानमा मन्त्रालयले साथ दिने उनले बताए ।अन्तरक्रिया कार्यक्रममा पिछडा वर्गको अगुवाहरुले पिछडा वर्गको उत्थानको लागि आयोग वनाउनु पर्ने र लक्षित वर्गलाई समेटेर वजेट विनियोजन गर्न माग गरेका थिए । पुर्व सांसद चिनक कुर्मीले पिछडा वर्गको आर्थिक उपार्जनको लागी ठोस कार्यक्रम गराउन मन्त्रालयलाई सुझाव दिए । पिछडावर्ग महासंघका प्रदेश अध्यक्ष अभिमन्यु यादवले प्रस्ताव पत्र पेश गर्दे पिछडावर्गलाई आत्मनिर्भर वनाउन सिपमुलक तालिक साथै नेतृत्व विकास तालिमको आवश्यकता औल्याए । सामाजिक विकास महाशाखाका प्रमुख सारदा वस्यालले पिछडा वर्गकोहितको लागी सहकार्य गरी कार्यक्रम गर्न सकिने बताईन । कार्यक्रममा प्रदेश नं ५का पिछडा वर्गको अगुवाहरुको सहभागीता रहेको थियो ।












