गुल्मी टेलिभिजनद्धारा अपाङ्ग बालकलाई ४० हजार सहयोग हस्तान्तरण 

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी गुल्मी टेलिभिजनद्धारा एक अपाङ्ग बालकलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियारलाई नगद रकम रु. ४० हजार हस्तान्तरण गरिएको हो ।हाल इजरायलमा रहेका इन्दु लाउदीको सक्रियतामा इस्मुल सिङगिङ ओपन गु्रपद्धारा पठाएको आर्थिक सहयोग नगद रकम अपाङ्ग बालक रमेश परियारलाई बिहिवार एक कार्यक्रमको बीच बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्ग र गुल्मी टेलिभिजनद्धारा बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियारका बुवा नन्द बहादुर दमाइ र आमा नरकुमारी दमाईलाई नगद रकम ४० हजार हस्तान्तरण गरिएको थियो ।

केही दिन अगाडी बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियार पिडा र समस्यालाई गुल्मी टेलिभिजनको लोकप्रिय कार्यक्रम संर्घषका कथा युटुव मार्फत प्रशारण गरिदिएर उकक्त अपाङ्ग रमेश परियारको स्वास्थ्य उपचारका लागि यो सहयोग जुटेको हो ।रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गले दुखी,गरिव एवं अशक्त र असाय व्यक्तिहरुको लागि गुल्मी टेलिभिजनको लोकप्रिय संर्घषका कथा कार्यक्रमले निकै सहयोग पु¥याएको बताए ।साथै वडाअध्यक्ष गुरुङ्गले पछिल्लो समयमा ग्रामिण क्षेत्रका गाँउटोल र बस्ती बस्ती पुगेर दुखी,गरिव अशक्त र असाय व्यक्तिहरुको पिडा र समस्यालाई संर्घषका कथा कार्यक्रमलाई युटुव मार्फत सबैका माझ पु¥याएर सहयोग गरिनुले सिङ्गो गुल्मी टेलिभिजन र संर्घषका कथा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।त्यस्तै उनले भने नगद रकमलाई परिवारजनले बच्चाको उपचारमा केहि सहयोग पुग्ने भन्दै आर्थिक सहयोगीहरु एवं सिङ्गो गुल्मी टेलिभिजन एवं संर्घषका कथाका कार्यक्रम सञ्चालक र सञ्चारकर्मी सबैलाई धन्यवाद दिए ।कार्यक्रममा गुल्मी टेलिभिजनका समाचार प्रमुख डिवि खड्का,समाचार सहायक सुमन पन्थी, लगायत समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।कार्यक्रम खड्कजयन्ती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमराज चालिसेको अध्यक्षता तथा बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गको प्रमुख आतिथ्यता र गुल्मी टेलिभिजनका प्रमुख दिपक नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए ।