तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका र नामसालीङ संस्थाको सहकार्यमा राप्ती गाउँपालिकाका १५ युवाहरुलाई मुल्य श्रंखला अभिबृद्धिका लागि तालीम दिईएको छ ।ब्यवसायीक रुपमा, विकसीत ताल ताम्य विच र ब्यवसाय मार्फत आयमुलक कार्यमा उत्साह थप्नका लागि मुल्य श्रंखला अभिबृद्धि तालिम प्रदान गरिएको हो ।राप्ती गाउँपालिका र नामसालीङ संस्थाको युवा स्वरोजगार कार्यक्रम अन्तरगत प्रथम चरणमा विश्व मान्यता प्राप्त प्रविधिबाट विभिन्न खाद्य सामाग्रीको अचार बनाउने तालिमको शुक्रवार राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले उद्घाटन गर्नुभएको हो ।
राप्ती गाउँपालिकाका उत्साहित तथा समाजमा आय आर्जनको काममा लगनशील युवाहरुलाई वडा कार्यालयले छनौट गरि तालिममा सहभागी गरिएको नामसालिङ संस्थाका शशांङ्क बाबु आचार्यले जानकारी दिनुभएको छ ।देख्दा सानो र कम लगानिको ब्यवसायको रुपमा मानियपनि धेरै ब्यवसायले मनग्य आम्दानि दिन सक्नेहुदा हाम्रो समाजमा रहेका अनेक नागरिकले सानो सानो ब्यवसाय गरेर पनि मनग्य फाईदा लिएको पाईएकोले मुल्य श्रंखला अभिबृद्धि तालिममा तरकारी, फलफुल र मासुको अचार बनाउने तालिमका आयोजना गरिएको नामसालिङ संस्थाका बिनोद निरौलाले जानकारी दिनुभएको छ ।
अचारको उत्पादनमा विश्वरुपमा प्रसंशा प्राप्त रमा नेपाल प्रशिक्षक रहेको तालिममा कार्यपालिका सदस्य सुनिता मल्ल, नामसालिङ संस्थाका धर्म यादव लगायतकाले सहभागीलाई सुभकामना दिनु भएको थियो । तालिम आगामी १५ गते सम्म चल्ने बताईएको छ ।












