निर्धन उत्थानद्धारा ३ दिने ब्यबसायिक गाई तथा भैसी पालन तालिम सम्पन्न

प्रकाशित मिति:

कञ्चन जगिलाल थापा/निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड, हरैया शाखा कञ्चन,रुपन्देहीको आयोजनामा गत मंसिर ११ गते देखि शुरु भएको ३ दिने ब्यबसायिक गाई तथा भैसी पालन सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।तालिमको समापन गर्दै पशु सेवा शाखा कार्यलय कञ्चनका प्रमख कृष्ण प्रसाद भट्टराईले तालिममा आफुले सिकेको कुरालाई ब्यबसायिक रुपमा प्रयोग गर्न सके सहज रुपमा जिबिकोपार्जन गर्न सकिने बताउदै तालिम लिनु ठूलो कुरा नभै तालिममा सिकेको कुरालाई ब्यबहारमा लागु गरी ब्यबसायिक बनाउछ कि बनाउदैन भन्ने कुरा महत्व भएको बताउनु भएको छ ।

यसैगरी निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,क्षेत्रिय कार्यलय भैरहवाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले लघुबित्त संस्थाबाट लिएको कर्जालाई सहीरुपमा उपयोग गर्न सके नियमित रुपमा कर्जा भुक्तानी गर्न सहज हुने बताउनु भएको छ । वहाले प्रशिक्षार्थीहरुलाई बिना धितो कर्जा पाइयो भन्दैमा बिना योजना कनै पनि कर्जा लिन नहुने र ब्यबसायिक योजना बनाएर मात्र कर्जा लिएर सोही योजनामा लगानी गर्नु पर्ने बताउदै लघुबित्त संस्थाले उपलब्ध गराएको बिना धितो कर्जालाइृ कुनै साहुको ऋण तिर्ने वा फजुल खर्च गर्न नहुने बताउनु भएको छ।निर्धन उत्थान लघुबित्त संस्थाद्धारा प्रदान गरिएको तालिमको मुल्यांकन समाप्ती संगै प्रशिक्षार्थीहरुले बनाएको योजनालाई के कति कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा भर पर्ने बताउनु भएको छ।कञ्चन,गैडहवा,बाणगंगा कपिलबस्तु र शुद्धोदन गाउपालिकाका बिभिन्न महिला समूहका ३० जना गाई तथा भैसी पालक कृषकहरु सहभागि रहेको तालिममा सहभागिहरुको तर्फबाट नन्दा थापाले तालिमको अनुभव सुनाउदै गाई भैसी पालन गर्दा आइपर्ने समस्या र घरेलु समाधान गर्ने उपायका बारेमा आफुहरुले सिक्न पाएको बताउदै लगानीको आधारमा आम्दानी बढ्ने कुरा समेत जानकारी भएकोले तालिम पछि ब्यबसायिक रुपमा लगानी बढाएर गाई भैसी पालन गर्ने बताएकी थिइन ।

लघुबित्तको क्षेत्रमा बिपन्न परिवारलाई आर्थिक रुपमा सबल बनाउने उद्धेश्यका साथ महिला समूहका सदस्य तथा अभिभावकहरुलाई ब्यबसायिक गाई भैसी पालन तालिम संचाल गरिएको र तालिममा सिकेको कुरालाई ब्यबहारमा उतार्नु पर्ने बताउदै महिला समूहका सदस्यहरु ब्यबसायिक रुपमा गाई भैसी पालन गर्ने योजना लिएर कर्जा माग गर्न आएमा सदस्यहरुलाई बिनाधितो कर्जा उपलब्ध गराइने शाखा प्रमुख तुल्सा पाण्डेले बताउनु भएको छ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गत मंसिर ११ गते उद्धघाटन गर्नुभएको ब्यबसायिक गाई भैसी तालिमको पशु सेवा शाखा कार्यलय कञ्चनका प्रमख कृष्ण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता र शाखा प्रमुख तुल्सा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका लेखापाल रुपा शर्माको स्वागत तथा सुन्दर बानियाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।हरैया बहुमुखी क्याम्पस,कञ्चन हरैया रुपन्देहीको सभाहलमा संचालन भएको ३ दिने तालिमको सहजिकरण कञ्चन गाउपालिका पशुसेवा कार्यलयका प्राबिधिकहरुले गरेका थिए ।