कमल चौधरी / कपिलबस्तुमा बाणगंगा नगरपालिका थारु कल्याणकारिणी नगर समिति एक कार्यक्रमका बीच बुधबार शिवरात्री मेला स्थाल हथौसमा गठन भएको छ । थारु कल्याणकरिणी जिल्ला सभापति उमा शंकर थारुको अध्यक्षता, बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख अतिथ्यता तथा था.क.स.का केन्द्रीय सदस्यद्वय जंजीर प्रसाद थारु र सुमित्र कुमारी थारुको विशिष्ट अतिथ्यतामा भग्गु थारुको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति गठन भएको हो । जसको उपाध्यक्षमा ऋषिराम थारु, रिना थारु र नाथुराम थारु सर्वसहमतीबाट चयन भएका छन् । त्यस्तै सचिवमा श्रीराम थारु, कोषाध्यक्षमा गोविन्द थारु, सह–सचिवमा सृजना थारु चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा सुर्य नारायण थारु, उदयराज थारु, सोनमति थारु, सावित्री थारु नोखे थारु, राम बचन थारु, भग्गु थारु, राम प्रसाद थारु, जुना थारु, नुमलाल थारु, रंजिता थारु, राम मिलन थारु, सरिता थारु र मञ्जु थारु सर्वसहमतिबाट चयन भएका छन् ।

बाणगंगा नगर समितिको अध्यक्ष पदमा ४ जनाको उम्मेद्वरी परे पनि थारु समुदाय एक जुट भएर थारु समुदायको हक अधिकार र पहिचानका मुद्दाहरु उथान गर्ने उद्देश्यले सर्वसहमतीमा नयाँ कार्य समिति चयन गरेको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष उमा शंकर चौधरीले जानकारी गराए । उनले बाणगंगा नगरपालिका थारु कल्याणकारिणी सभा नगर कार्य समितिको अयोजनामा यस बर्ष माघी (खिचडी) पर्वको अवसरमा दोस्रो नगर स्तारिय माघी महोत्सव तथा नयाँ बर्ष २०७६ कार्यक्रम गर्ने जानकारी समेत दिए । उक्त कार्यक्रममा थारु समुदायका अग्रज व्यक्तित्व, समाजसेवी, पत्रकार, कलकार लगायत सयौंको संख्यमा उपस्थिति रहेको थियो ।













