सैनामैना महोत्सवले नयाँ प्रतिभाको उजागर गर्ने

प्रकाशित मिति:

सैनामैना/रुपन्देहीको सैनामैनामा लाग्ने महोत्सवले नयाँ प्रतिभा उजागर गर्ने भएको छ ।सैनामैना डान्सीङ्ग आईडल, मम्मी डान्स, लोक गायन तथा नृत्य प्रतियोगीता मार्फत सैनामैना उद्योग बाणिज्य संघले नयाँ प्रतिभाको खोजी गरिरहेको छ ।चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवमा स्थानीय क्षेत्रमा भएका प्रतिभाहरुलाई उजागर गरिने आयोजकले बताएको छ ।महोत्व यही पौष २४ गतेदेखि माघ ६ गतेसम्म सैनामैना ४ मुर्गिया स्थीत निर्माणधिन बहुउद्देश्यी रङशालामा सञ्चालन हुनेछ ।

यसैविच चौथो सैनामैना डन्सिङ्ग आइडल २०७६ को पहिलो अडिसन राउन्ड शनिबार सम्पन्न भएको छ ।पहिलो चरणका लागि ३० प्रतिस्पर्धीबाट १६ जना प्रतियोगीहरु दोस्रो चरणका लागि छनोट भएका छन् । जसमा प्रिया पोख्रेल, एन्जल कुंवर, कविता विश्वकर्मा, पुजा पुन मगर, बिपिका के.सी, मन्जु चौधरी, समिक्षा खत्री क्षेत्री, ज्योति थारु, कृषिका राई, अस्मि सुनार, जलसा सुनार, पूर्णीमा खत्री, सुप्रिया थापा र संस्कृति अधिकारी दोस्रो चरणमा प्रवेश गरेका छन् ।पहिलो अडिसन राउण्डमा संस्कृति झल्किने खालका नृत्य प्रस्तुत गरिएको थियो । आइडलमा निर्णयक कोमल पाण्डे र राकेश खत्री रहनु भएको थियो ।स्थानिय स्तरबाट संचालित मेला महोत्सवमा आयोजना हुने नृत्य प्रतियोगिताले यस क्षेत्रका बालबालिकाहरुको प्रतिभालाई उजागर गरी राष्ट्रि«य तथा अन्र्तराष्ट्रि«य स्तरमा परिचित हुन यस्ता खालको कार्यक्रमले सहयोग पुग्ने मेला प्रचार प्रसार संयोजक लोकनाथ अधिकारीले बताउनु भयो ।आइडलमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णयाकको अधारमा प्रतियोगिताको मूल्याङकन गरिने डन्सिङ आइडलका संयोजक अर्जुन भण्डारीले बताउनु भयो ।