गैडहवामा तीन दिने उद्घोषण तालिम सम्पन्न

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको गैडहवामा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । गैडहवा गाउँपालिका वडा नं। ७ को सहयोग तथा लुम्बिनी विकास मञ्चको आयोजनामा तालिम सुरु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि रहनु भएका गैडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवटले क्षमता विकासका लागि यस खालको तालिम समुदायमा अवाश्यक रहेको कुरा बताउनु भयो ।लुकेर रहेको प्रतिभा उजार गर्न यस खालको तालिमले महेत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई थियो ।

प्रमुख प्रसाशकीय अधिकृत चिरन्जिवि घिमिरेले गैडहवा गाउँपालिकाको विकासका लागि कर्मचारीको तर्फबाट जनप्रतिनिधीहरुलाई सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।वडा नं। ७ का वडा अध्यक्ष गोबिन्द कोहारले अगामी दिनमा पनि क्षमता विकास तथा उद्घोषण तालिमको आयोजना गरिने बताउनु भयो । लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न सबैलाई अनुरोध गर्नु भयो ।तालिम पौष १७ गते देखि पौष १९ गते तीन दिन सुर्यपुरामा संचालन भएको थिया । तालिममा २५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।