नेपाल आदीबासी जनजाती महासंघ,कञ्चनको प्रथम भेला सम्पन्न 

प्रकाशित मिति:

,कञ्चन नेपाल आदीबासी जनजाती महासंघ,कञ्चन गाउकार्य समितिको प्रथम भेला रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ । प्रथम भेलाबाट कृष्ण बहादुर फौजाको अध्यक्षतामा १३ सदस्यि नेपाल आदिबासी जनजाती महासंघ,कञ्चन गाउकार्य समिति गठन गरेको छ ।महासंघको प्रथम भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं। ५का प्रतिनिधी सभा सदस्य तथा संसदीय लेखा समितिका सभापति भरत कुमार शाहले आफ्नो भाषा धर्म र संस्कृति संरक्षण आफैले नै गर्नु पर्ने बताउनु भएको छ।अरुको भाषा धर्म संस्कृति र कला अरुले संरक्षण गर्न सक्दैन किनभने उसले अरुको भाषा धर्म संस्कृति र कलाको बारेमा ज्ञान हुदैन।आफ्नो भाषा धर्म संस्कृति र कलाको संरक्षण कसरी गर्ने भन्ने बारेमा नेवार समुदायबाट शिक्षा लिन सकिने उल्लेख गर्दै नेवार समुदायमा आफ्नो संस्कृति संरक्षण गर्न युवा र प्रौढ दुबै लाग्ने गरेको र बिशेषगरी उच्च शिक्षा हासिल गरेका युवा युवतीहरुनै ठूला ठूला बाजा,बासुरी र ढोलक भिरेर हिड्ने गरेको उदाहरण उल्लेख गर्नु भएको थियो ।

फरक प्रसंगमा बोल्दै सांसद शाहले इमान्दार पुर्वक काम गर्ने ब्यक्तिले प्रचार होइन योजनाबद्ध रुपमा काम गर्ने बताउदै समाजमा बिरालो भेटेर सिंहसंग लडेको कथामा जस्तै सामाजिक संजालमा बिकासको मुल फुटाएको प्रचार गर्नेहरुले गाउगाउमा सडकहरुको अवस्था निकै कमजोर भएको देखेपछि उनिहरुलाई प्रश्न गर्न चाहान्छु कहा र कसरी कुन बाटोमा सुधार गरेका छन रुकांग्रेसले नगरेको बिकासलाई नेकपाको सरकारले गाउगाउमा बिकास गरेको भनेर अफाह प्रचारले बास्तबिक बिकास नहुने बताउनु भएको छ।यस क्षेत्रको प्रतिनीधि भएको नाताले यस क्षेत्रको बिकास गर्नु मेरो कर्तब्य र जिम्मेवारी भएको बताउनु भएको छ।जनजाती नेता भैरव थापा मगरले आदीमकाल देखि बसोबास गर्दै आएका मुल आदीबासीहरुकोे भाषा धर्म संस्कृति र कलाको संरक्षणमा ब्राह्मणबादी सोंच भएका शासकहरुले पक्षपात ब्यबहार गरेको र आदीबासीहरुको पहिचानलाई निमित्यान्न बनाउने गरी राज्यले कानुन बनाएकै कारण राज्यको हरेक अंगहरुमा जनजातीहरुको पहुंच पुग्न नसकेको बताउनु भएको छ।नेपाली कांग्रेसका नेता बिष्णु पोख्रेल,बिश्वनाथ थारु,चन्द्र बहादुर गुरुङ लगायतले बोल्नु भएको कार्यक्रममा नेपाल आदीबासी जनजाती महासंघ,कञ्चन गाउकार्य समितिका संयोजक कृष्ण बहादुर फौजाको अध्यक्षतामा सम्पन्न भेलाको बन्दसत्रबाट पुनः कृष्ण बहादुर फौजाको अध्यक्षतामा कञ्चन गाउकार्य समिति गठन गरेको छ।जसको उपाध्यक्षमा बिश्वनाथ थारु,सचिवमा देव बहादुर थापा,सहसचिवमा टोप बहादुर शेरचन निर्वाचित भएका छन भने सदस्यहरुमा ओम बहादुर थापा,टेक बहादुर गुरुङ,धन बहादुर गुरुङ,रन बहादुर छन्तेल,सोम बहादुर थारु,शान्ती कुमारी थारु,इन्द्र बहादुर पुन र अशोक श्रेष्ठ निर्वाचित भएका छन ।