बुटवल । इन्टरनेश्नल सिमली फाउण्डेशन तथा सिमली टेण्टल केयर प्रालिको
आयोजनामा बुटवलको नहरपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
फाउण्डेशनका संस्थापक अध्यक्ष महेन्द्र अर्यालका स्व पिता धनराम अर्यालको १८
औ वार्षिक पुन्यतिथी तथा कानुनी सल्लाहकार बलराम न्यौपानेका पिता स्व
छविलाल न्यौपानेको ४६ औ वार्षिक तिथिको अवसरमा आयोजित शिविरमा दात
मुख, गिजा र आखाका ४ सय जना विरामीको स्वास्थोपचार गरिएको फाउण्डेशनले
जनाएको छ ।
सो अवसरमा ६ जना गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा
छ जना अनाथ वालवालिकालाई लत्ताकपडा समेत वितरण गरिएको जनाईएको छ ।
त्यसैगरी ६ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । उद्योग,
पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरीले सोमवार आयोजित एक कार्यक्रममा
छात्रवृत्ति वितरण तथा सम्मान गरेका थिए ।
सो अवसरमा वडा अध्यक्ष रामचन्द्र खनाल, वडा सदस्य नहकुल शाही, रोटरी क्लव
अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थ, पुर्व अध्यक्ष हुतानन्द खनाल, अधिवक्ता
वुद्ध थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा समाजसेवी महेन्द्र
अर्याल र उनकी धर्मपत्नी लिला अर्यालले रोटरी क्लव अफ बुटवलले शुरुवात गर्न
लागेको सामुदायिक क्यान्सर हस्पीटलको लागि ४५ लाख भन्दा वढि आर्थिक सहयोग
गर्ने घोषणा गरेका थिए ।










