बुटवल/समाजवादी पार्टी र राजपा नेपालले रुपन्देहीको भैरहवामा संयुक्तरुपमा आज दिउसो बलिदानी दिवस मनाउंदै छन् । मधेश आन्दोलनका क्रममा रुपन्देहीमा ज्यान गुमाएका ७ जना शहीदको सम्झना र सम्मानमा संयुक्तरुपमा बलिदानी दिवस मनाउने निर्णय भएको समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए ।
आइतबार सांझ पांच बजे भैरहवाको मिलनचोकमा शहीदहरुको सम्मानमा माल्यार्पण र दीप प्रज्ज्वलन गरी बलिदानी दिवस मनाउने कार्यक्रम तय भएको अध्यक्ष यादवले बताए । कार्यक्रमलाई समाजवादीका नेता पुर्व मन्त्री ओमप्रकाश यादव,राजपा नेता सवेन्द्रनाथ शुक्ला लगायतले सम्बोधन गर्ने छन् । यी दुई पार्टीबीच एकताको प्रयास पनि जारी छ ।












