सुर्खेत/ नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट नगरपालिका–६ बुडाखोलीको ४६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । शनिवार सुर्खेत क्षेत्र नम्वर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद धु्रवकुमार शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा नमुना विद्यालय विकास गुरु योजना अन्तर्गत प्राप्त रकमबाट बनेको आठकोठे भवनको उद्घाटन समेत गरिएको छ । विद्यालयले पुर्वी सुर्खेतमा शिक्षाको गुणस्तरलाई ध्यानमा राखि सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै सांसद शाहीले शैक्षिक गुणस्तरका लागि सदैव आफु तयार भएको बताए । फरक प्रसङ्गमा उनले अव्यवस्थित बसोबासको बढी समस्या भएकोले यसलाई अबको केहि वर्षमा समाधान गर्ने बताए । गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले जिल्लाकै उत्कृष्ट विद्यालयकारुपमा अगाडि बढ्न सुझाव दिईन् ।
विद्यालयका प्रध्यानाध्यापक ढाल बहादुर खत्रीले गुणस्तरीय, प्राविधिक तथा जीवनपयोगी शिक्षा प्रदान गर्ने सबैको रोजाईको विद्यालय बनाउन लागि परेको बताए । २०३० सालमा प्राथमिक तहसम्मको अध्ययन गराउन आधिकारिक रुपमा स्थापना भएको विद्यालयले २०६६ साल देखि कक्षा ११ र १२ सम्म अध्यापन गराउन थालेको हो । नेपाल सरकार बाट नमुना विद्यालयका रुपमा छनोट समेत भएको विद्यालयमा कृषि समेत अध्यापन हुने गरेको छ । ३ करोड ४४ लाख ६ हजार चार सय ८४ रुपैयाँ विद्यालयको वार्षिक आयव्य रहेको छ । आमाको सम्झनामा अक्षयकोषस्वर्गीय आमा किमसरा रेग्मीको सम्झनामा गुर्भाकोट नगरपालिका–६ का खिमबहादुर रेग्मीले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट–६ बडाखोलीमा एकलाख एकहजार एकसय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । शनिवार विद्यालयको वार्षिक उत्सवमा उनले भक्त किमसरा रेग्मी स्मृती अक्षयकोषको स्थापना गरी विद्यालयलाई हस्तान्त्रण गरेका हुन । ‘यो संसार देखाई शिक्षा, दिक्षा दिने आमा बुवा र आफुले माध्यामिक तह सम्म अध्यन गरेको विद्यालयमा ।’ अक्षयकोष स्थापनाकर्ता खिम रेग्मीले भने,’ उक्त अक्षयकोषबाट यस विद्यालयमा अध्यनरत गरीव, जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउने र सुसंस्कार, सिर्जनसिल विद्यार्थीलाई सहयोग पुग्ने छ ।अक्षकोषबाट दिइने पुरस्कारहरु विद्यालयको प्रत्येक वर्ष नियमीत वार्षिक उत्सव माघ ११ गते वितरण गरिने विद्यालयका प्रध्यानाध्यापक ढालबहादुर खत्रीले जानकारी दिए । यो कोषको सञ्चालन खिमबहादुर रेग्मी र उनकी श्रीमती मीना रेग्मीले गर्नेछन् भने संरक्षकमा विद्यालय व्यवस्थापन समिति र विद्यालय रहनेछ