विष्णु घिमिरे/ बुटवल – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववीयू बुटबल बहुमुखी क्याम्पसले स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ । आगामि फागुन १४ गते त्रिविले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरी गरि अभियान सुरु गरेको हो ।
अनेरास्ववीयू क्याम्पस कमिटि अध्यक्ष भरत अर्यालले बुटवल क्याम्पसलाई शैक्षिक क्षेत्रको केन्द्र बिन्दुको रुपमा स्थापित गर्दै बिद्यार्थीहरुको हक हितको निम्ती निरन्तर लडिरहने संगठन भएको बताए । भर्खरै पहिलो वर्षमा अध्ययन गर्न आएका बिद्यार्थीहरुको लागि एक आपसमा परिचय संगै स्ववीयू निवार्चनलाइ केन्द्रित गरि सेक्सन कमिटिहरु निमार्ण गर्न लागेको उनले बताए ।
संगठनले बिबिए ,बिबिएस ,बिए, वायो, फिजिक्स , आइ सि टी , लगायतका सेक्सनहरुमा कमिटि निमार्ण गरेको छ । शिक्षा संकाय अन्तरगर्त सेक्सन ए मा महेश खनालको अध्यक्षतामा ४९ सदस्य सेक्सन कमिटि निमार्ण गरेको छ । कार्यक्रममा अनेरास्ववीयू जिल्ला नेता शेषकान्त पोखे्रल , नविन थापा सारु , टेकराज रेग्मी , क्याम्पस नेता बिशाल पन्थी लगायतका नेताहरुको उपस्थीतिमा कक्षा कमिटि निमार्ण सम्पन्न भएको छ ।
कार्यक्रम अनेरास्ववीयू सह -सचिव गोविन्द रिजालको सञ्चालन तथा क्याम्पस कमिटि सचिव कुशलदिप क्षेत्रीको स्वागत मन्तव्य तथा इकाई अध्यक्ष भरत अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।












