५ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न  

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको सरावल वडा नम्बर १ को वडा सभाहलमा किशोरीहरुका लागी ५ दिने सेनेटरी प्याड बनाउने तालिम विहिबार एक कार्यक्रमका बीच समापन गरिएको छ । सरावल गाउपालिका वडा नम्बर १ को आयोजना तथा सरालव गाउपालिकाको आर्थिक सहयोग एवं सौगात सामुदायिक विकास प्रतिष्ठान सरावल १ को सहजिकरणमा सो तालिम सुरु भएको थियो । सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमख अतिथि चौधरीले सेनेटरी प्याडबारे जानकारी नहुदा किशोरीहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गरेको र यसले गर्दा विभिन्ंन रोगहरुको सक्रमण हुने गरेको हुदा यस तालिमले किशोरीहरुको ब्यक्तित्व विकासको लागी महत्वपुर्ण भुमिका खेलने बताउनुभयो ।

सो अवसरमा विशिष्ट अतिथिको रुपमा सरावल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, सौगात सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष नारायण पाण्डे, तिलकपर महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष मिना चौधरी, सामुदायिक रेडियो दाउन्नेका कार्यकारी निर्देशक राम जी लौडारी लगाएतले मन्तब्य राख्नुभएको थियो । सरावल वडा नम्बर १ का २५ भन्दा बढी किशेरीहरुको उपस्थित रहेको कार्यक्रममा अर्का विशिष्ट अतिथिको रुपमा बासाबसही प्रहरी चौकीका प्रहरी प्रमुख लिल बहादुर विक, अतिथिहरु प्रतिष्ठानका सहसचिव विष्नु चौधरी, सामुदायिक रेडियो दाउन्नेका समाचार प्रमुख टेक बहादुर हरिजन, रेडियोकी कर्मचारी लक्ष्मी अर्याल, सरावल १ किशोरी सञ्जालकी अध्यक्ष यम कुमारी चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रशिक्षार्थी चन्द्रकला चौधरीले सरावल १ नम्बर वडाले किशोरीहरुलाई लक्षित गरि यस किसिमको तालिमहरु सञ्चालन गर्दा आफुहरुको नेतृत्व विकास संग संगै विभिन्न सिपमुलक कुराहरु पनि जानकारी हुदै गएको बताउदै आगमी दिनहरुमा पनि शिकशोरीहरुका लागी यस किसिमको तालिम सञ्चालन गर्न आग्ह गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको । कार्यक्रमको सञ्चालन सामुदायिक रेडियो दाउन्नेका कोर्डिनेटर मनिष कुमार अधिकारीले गर्नुभएको थियो । यसैबीच गत पुस २४ गते देखी २८ गते सम्म सरावल वडा न्म्बर १ का आयोजना, सरावल गाउपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो दाउन्नेको सहजिकरणमा सञ्चालित किशोरीहरुका लागी नेतृत्व विकास उद्घोषण तालिममा सहभागि भएका किशोरीहरु र गत माघ १९ गते देखी माघ २३ विहिबार समम सञ्चालन भएको किशोरीहरुका लागी सेनेटरी प्याड बनाउने तालिमका सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।