‘International Day of Women and Girls in Science’ को अवसरमा रक्तदान

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – ‘International Day of Women and Girls in Science’ को अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मायादेबी टेक्निकल कलेजमा सम्पन्न उक्त कार्यक्रममा ५० युनिट रगत संकलन भएको थियो । मेडिकल ल्याब टेक्निसियन ,अहेव, फार्मेसिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक राम बहादुर खड्का , मायादेबी टेक्निकल कलेजका प्रबन्ध निर्देशक चिरञ्जिबी जोशी लगायत उपस्थिती रहेको उक्त कार्यक्रमको आयोजना मायादेबी टेक्निकल कलेजको मेडिकल ल्याब टेक्निसियन संकायले राखेको थियो ।