टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाइन डे

प्रकाशित मिति:

बुटवल/ टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाइन डे को कार्यक्रम सम्पन्न गरेको छ । टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि भ्यालेन्टाइन्स स्पेशल अ नाइट टु रिमेम्बर थिममा नाइट आउट विथ नेक्सन नाममा कार्यक्रम भएको हो ।

आफ्ना ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा प्रख्यात गायक रामकृष्ण ढकाल, चर्चित मोडल अञ्जली अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति संगै अन्य थुप्रै मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेको सन्दीप पोखरेलले बताए ।