तिलोतमा/ तिलोतमा बहुमुखी सहकारी संस्था लि। ती न पा -२ का संचालक सदस्य श्री केशव प्रसाद शर्मा ज्युका छोरा बुहारी श्री सुदीप शर्मा कि श्रीमती संस्थाकि शेयर सदस्य श्री निर्मला पोख्रेल शर्माले पुत्री लाभ गर्नु भएको हुँदा संस्थाको निति अनुसार यस सहकारीको महिला सदस्यले सन्तानको जन्म दिदा एकमुष्ट रू २०००र दुई हजार रूपैया प्रदान गरिने भएकोले सो सुबिधा रकम प्रदान गर्न उहाँकै निवास ती न पा ३ मा नै पुगेर सहकारीका अध्यक्ष श्री माधवलाल देवकोटाको प्रमुख आतिथ्यतामा TMC sister’s soiety ती न पा वडा नं ३ को वडा समितिको साथमा सोसाइटीका सचिवालय अध्यक्ष श्री यादा क्षेत्री एवं संस्थाकी सचिव श्री पार्वती थापा सहित उपस्थितिमा हार्दिक बधाई ज्ञापन गर्दै सुबिधा रकम प्रदान गरिएको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यको स्वास्थ उपचारमा सुबिधा , दुर्घटनामा मृत्यु हुँदा रू २लाख , शोक अनुदान किरिया खर्च रू ४० हजार प्रदान गर्नुका साथै विभिन्न किसिमका सिपमुलक तालिम समेत प्रदानप्रदा गर्दै आइरहेको छ । ३२०० भन्दा बढी शेयर सदस्य रहेको र ४५ करोड बढिको कारोबार रहेको यो सहकारीले फागुन महिनामा स्वास्थ शिबिर संचालन गर्दै छ ।












