पोखरी छेउमा खेल्दै गर्दा एकै घरका २ जना दाजु भाईको मृत्यु ।

प्रकाशित मिति:

डिलाराम भुसाल  ,कपिलबस्तु १४ चैत्र  – कपिलवस्तु नगरपालिका वडा नं ८ मा पोखरी किनारमा खेल्दै गर्दा आज दिउस करिब १२ बजे तिर एकै घरका २ जना दाजु भाईको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा कपिलवस्तु नगरपालिका वडा नं ८ पुर्व वेलहवा तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाई १० वर्षीय अरमान धुनिया रहेको बताएको छ । मृतक दुई भाईका शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पुरायको जिल्ला प्रहरी कार्यलय कपिलबस्तु का प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताएका छन् ।

पोखरी छेउमा खेल्दै गर्दा भाई अरमान पोखरीमा डुबे पछि भाईलार्ई बचाउन खोज्दा दाजु सलमान पनि डुबेको हुन सक्ने स्थानीय बासिको भनाई छ । पोखरी किनारमा ब्याक हु लोडरले गहिरो गरी खनेको र पोखरीको सो स्थान गहिरो रहेको स्थानीयको भनाईछ । मृतक दुई भाईको शव पोखरी किनारमा भासिएको अवस्थामा रहेको बताएको छ । गाउंलेहरु आएर केही बेर खोजे पछि मात्रै भासिएर जमिन मुनी गडेको अवस्थामा दुई भाईको शव निकालेको बताएको छ । गाउंका २ बालकहरुको मृत्युको खबरले पिलवस्तु नगरपालिका वडा नं ८ को पुर्वी वेलहवा गाउं शोकमा डुबेको छ ।