सशत्र प्रहरी बल रुपन्देहीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुराकीको आधारमा सिद्धार्थनगर नगरपालिकाको मेउडिहवाबाट साईकलमा सवार रुपन्देहीको सेम्मरीमाई गाउंपालिका बस्ने २५ वर्षिया ओमप्रकाश हरिजन एवम् २४ वर्षिया गुडिया हरिजनको ब्यागबाट २०० पिस फेनरागन, २०० पिस नेफिन र २०० पिस डाइजेपाम बरामद गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा थप अनुसन्धानका लागि बुझाएको हो । पछिल्लो समय सशत्र प्रहरी बलले लागु औषध ओसारपसारका घटनामा संलग्नलाई पक्राउ गर्ने अभियानलाई तिब्र पारेको सशस्त्र प्रहरी उपरिक्षक सुर्दशन प्रसाद रेग्मीले जानकारी दिनुभयो ।










