चैत्र, १८ गते
शान्ति तिवारी
नवलपरासी । पञ्चनगर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाद्धारा बैशाख महिनाको पानीको महशुलमा उपभोक्ताहरुलाई २५ प्रतिशत छुट दिने भएको छ ।
विश्व भरी नै फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले गरेको लकडाउनको समय अवधिभित्र संस्थाको महसुल काउन्टर तथा प्रशासनीक कामकाजहरु बन्द रहने संस्थाका अध्यक्ष माधव श्रेष्ठले बताउनु भयो ।श्रेष्ठका अनुसार–‘उपभोक्ताहरु चैत्र महिनाको पानिको महसुल बुझाउन आउदा विलम्ब भएमा लाग्ने विलम्ब शुल्क लाग्ने छैन ।’
लकडाउनको अवधिमा विद्युतिय माध्यम (अनलाइन) बाट महसुल भुक्तानी २४ सैं घण्टा उपलब्ध हुने संस्थाले जनाएको छ । उपभोक्ताहरुको सेवालाई मध्यनजर गर्दै पानी उत्पादन तथा वितरण एंव मर्मत सम्भारको कार्य नियमित रुपमा सुचारु रहने छ ।












