प्रकाश न्यौपाने ।
चैत्र, २०
नवलपरासी । प्रतापपुर गाउपालिकामा रहेको त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा ५० जना राख्न सकिने प्रतापपुर गाउपालिकाका अध्यक्ष राज कुमार शर्माले बताउनु भयो । उहाका अनुसार पछिल्लो समय क्वारेन्टाईनमा बस्नेको व्यक्तिको संख्या बढिरहेको छन् । संमग्र गाउपालिकाको एक मात्र क्वारेन्टाईनमा ५० जनालाई राख्न सकिने र जसमा ३० जना हाल राखीएको शर्माले बताउनु भयो ।
अहीले क्याम्पसमा ५० वटा बेड तयारी अवस्थामा रहेको त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका अध्यक्ष नितेश गुप्ताले बताउनु भयो । क्याम्पसले ५० वटासम्म बेड तयार गरेको , र तिनिहरुलाई नुहाउने वाथरुम, शौचालय, रेखदेखका लागि कार्यालय सहयोगी, ईन्टरनेटका लागि वाईफाई लगायतका सेवा दिइरहेको बताउनुभयो । आवश्यक परेमा क्याम्पसका सञ्चालक तथा शिक्षक कर्मचारीबाट संकलन गरी नगद सहयोग गर्न पनि तयार रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।
क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुलाई आवश्यक पर्ने न्यूनतम आधारभूत सुविधाहरु गाउपालिकाले पु¥याईने उहाँले बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा रहेको क्वारेन्टाईनलाई व्यवस्थापनका लागि ९ का वडाध्यक्ष हेमेन्द्र पंजियारको संयोजकत्वमा तीन सदस्यीय उपसमिति समिति बनेको र जसले दैनिकी रुपमा आफ्नो काम गरीरहेको समितिका संयोजक हेमेन्द्र पंजिगारले बताउनु भयो । पंजियार भन्नु हुन्छ– “हामीले दैनिकी रुपमा यहांको सबै काम गरीरहेका छौ । क्याम्पस परीवार र स्थानियहरु सबैको राम्रो साथ पाएका छौं ।”












