क्ञ्चन गाउपालिकामा राहत बितरण,१ हजार बिपन्न घरपरिवारले आहातमा राहतको महसुस

प्रकाशित मिति:

कञ्चन/कञ्चन गाउपालिकाले आफ्नो गाउपालिकामा ज्याला मजदुरी गरी दैनिक जिवन गुजारा गर्दै आएका करिब १ हजार घरपरिवारलाई राहत बितरण गरेको छ।महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न गत चैत्र ११ गते देखि देशभर लकडाउन गरेकोले ज्याला मजदुरी गर्न नपाएका बिपन्न घरपरिवारलाई कञ्चन गाउपालिकाले स्थापना गरेको दैबि प्रकोप कोरोना नियन्त्रण कोषबाट राहत सामाग्री खरिद गरी बितरण गरिएको हो ।

स्थानिय रुपमा कृयाशिल बिभिन्न राजनैतिक दल,टोल बिकास संस्थाका प्रतिनीधि,क्लव,आमा समूह र सामुदायिक बन उपभोक्ता समूहका प्रतिनीधिहरुको समेत समन्वय र सहयोगमा राहत बितरण कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिपन्न घरपरिवारका अभिभावकहरुलाई सम्बोधन गर्दै कुनैपनि बिपद बाजा बजाएर नआउने भएकोले मलाई केही भएको छैन के हुन्छ र भन्दै लकडाउनको उल्लघंन गर्दा महामारीको संक्रमण फैलिन सक्छ तसर्थ रोग नलाग्दै रोकथाम गर्नु सबै भन्दा बुद्धिमानी भएको कुरा उल्लेख गर्नु भएको छ। ल्कडाउनको बेला घरमै बसी सृजनात्मक कार्यहरुमा आफु र आफ्ना छोराछोरीहरुलाई संलग्न गराई सृजनात्मक बनाउन आग्रह अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ ।

यसैगरी वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले बिषम परिस्थितीमा आत्तिएर भन्दा धैर्य र आत्मबिश्वास संग काम गर्नुपर्ने बताउनु भएको छ भने वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारुले कञ्चनका अधिकांश जनताहरुले दैनिक ज्याला मज्दुरी गरी जिवीको पार्जन गर्ने घरपरिवार भएको र महामारी रोग कोरोनाले ती परिवारहरुलाई बढी असर पारेकोले थोरै भएपनि राहत बितरण गरिउको बताउनु भएको छ ।कञ्चन गाउपालिका वार्ड नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर क्षेत्रीले कञ्चनवासीले मात्र भएपनि सर्तकता अपनाउन सक्यौ भने पनि जुनसुकै महामारी रोगलाई रोकथाम गर्न सकिने भएकोले हरक कञ्चनवासीले लकडाउनको पुर्ण रुपमा पालना गर्न आग्रह गर्नु भएको छ भने वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले संकटको बेला जिवन निर्वाह गर्ने बाथाबरण सृजना गराउनु गाउपालिकाको सोंच भएकोले सामान्य अवस्था सृजना नहुदा सम्म दैनिक ज्याला मजदुरी गरी जिवीको पार्जन गर्ने घरपरिवारहरुलाई धैर्य गर्न र आफुले पाएको राहतलाई सदुपयोग गर्न आग्रह गर्नु भएको छ।क्ञ्चन गाउपालिका वार्ड नं. ५ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रबक्ता कृष्ण प्रसाद अधिकारीले कञ्चनवासीले यथार्थ बिपन्न घरपरिवारलाई राहत पाउने बताबरण र्सजना गर्न सहयोग गरेकोमा कञ्चनवासीलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । दैबि प्रकोप कोरोना नियन्त्रण ब्यबस्थापन उपसमितीका संयोजक समेत रहनु भएका अधिकारीले राहत बितरणको पहिलो चरणमा ९ सय ५० बिपन्न घरपरिवारलाई राहत बितरण गरिएको बताउनु भएको छ।

नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणबाट जोगिन गरिएको लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्न नपाई दैनिक जीवन गुजारा गर्न नपाएका कञ्चन गाउपालिकाका बिपन्न घरपरिवारलाई रुद्रपुरमा शाखा रहेको एन.आई.सी.एसिया बैंकले गाउपालिकाको समन्वयमा १ लाख रुपैया बराबरको खाध्यान्न खरीद गरी राहत बितरण गरेको छ।कञ्चन गाउपालिकाका जनताहरुको नजिकको साथीको रुपमा रहेर बैकिङ कारोबार गर्दै आएको एन.आई.सी. एसिया बैंकले १ लाख बरारबरको खाध्यान्न खरिद गरी राहत बितरण गर्न गकञ्चन गाउपलिकाले स्थापना गरेको दैबि प्रकोप कोरोना नियन्त्रण कोषमा १ लाख रुपैया प्रदान गरेको एन.आई.सी.एसिया बैंक,रुद्रपुर शाखाका शाखा प्रमुख हरि पौडेलले जानकारी गराउनु भएको छ।