तिर्थराज ज्ञवाली चैत्र २३, मसुरीया (देउखुरी दाङ) विश्व ब्यापी कोरना कहर बढिरहेको बेला दाङ जिल्लाको राप्ती गाउँपालिकाले आफ्ना नागरिककको सुरक्षाका लागि थप योजना कार्यान्वय गर्ने भएको छ । आईतवार गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको १४ औ बैठकले सुरक्षाका उपायको खोजी गर्दै तत्काल लागुगर्ने गरि शाखाहरुलाई तथा सरोकारवालाहरुलाई निर्देशन गरेको छ । कार्यपालिकाको आकस्मीक बैठकले असंगठित क्षेत्रमा कार्यरत श्रमीक वर्ग तथा असहाय वर्गलाई उपलब्ध गरिएको राहत सम्वन्धि मापडण्ड २०७६ र नागरिककमा उठेका प्रश्नका वारेमा निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकले वडा गत रुपमा प्रथम चरणमा वितरण गरिएको राहत प्राप्त गर्ने ब्यक्तिका वारेमा र राहत सामाग्री ब्यवस्थापनको विषयमा छलफल गरि नयाँ प्रक्रियाका बारेमा निर्णय गरिएको छ ।
राप्ती गाउँपालिकाको कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा विभिन्न संघ संस्थावाट प्राप्त रकमको एकद्धार प्रणालिद्धारा कार्यान्वय तथा वितरणको ब्यवस्थाका वारेमा समेत छलफल गरिएको छ ।बैठकले राप्ती गाउँपालिकामा कोरना संक्रमण रोकथामका लागि लगाईएको लकडाउनको अवधिलाई मध्यनजर गर्दै खाद्य डिपो स्थापना गर्ने बारे छलफल गरेको छ ।नेपालमा बढ्दै गएको संक्रमणको बृद्धि संगै राप्ती गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टीन र आईसुलेसन वार्डको पछिल्लो अवस्था तथा पुर्बाधार ब्यवस्थापनका बारेमा समेत बैठकले उचित निर्णय लिईएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।












