कञ्चनमा किटनासक औषधी छर्किन शुरु

प्रकाशित मिति:

चैत्र,कञ्चन-कञ्चन गाउपालिकाले वडा नं. १ र २ मा कोरोना भाइरसको सम्भाबित संक्रमण रोकथामका लागि किटनासक औषधी ब्लिचिङ पाउडर छर्किएको छ। क्ञ्चन गाउपालिका वडा नं. १ र २ को बिभिन्न टोल र स्थानहरुमा किटनासक औषधीको रुपमा ब्लिचिङ पाउडर छर्किएको हो ।

कञ्चन गाउपालिका पनि नोवल कोरोना भाइरसको उच्च जोखिम भएको र बिश्वभर कोरोना भाइरस कोभिड १९को संक्रमण फैलिरहेको अवस्थामा सो संक्रमणलाई रोकथाम गर्न गाउपालिकाले किटनासक औषधी छर्किन शुरु गरेको कञ्चन गाउपालकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनु भएको छ ।

वडा नं. १ को सानो उकाली,लौसा,बेलभरिया,सुशिलनगर,कुचेरा,रातोडाडा,ताल क्षेत्र, दानापुर, दिबैटोल,गजेडीबजार क्षेत्र,बकलघाढ,कमलचोक, र वडा नं. २ को मसिना, बगही, मटेरिया, बसन्तफुलवारी, सिसौडाडा, हात्ती बजार लगायत क्षेत्रमा किटनासक औषधी औषधी छर्किएको कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले जानकारी दिनु भएको छ ।

कञ्चन गाउपालिकामा किटनासक औषधी (ब्लिचिङ पाउडर) ५ नं. प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिश्वर ढकालले २५ किलो ब्लिचिङ पाउडर उपलब्ध गराउनु भएको थियो भने लायन्स क्लव अफ कञ्चन र लाली गुरांस युवा क्लवले १÷१ क्वीन्टल ब्लिचिङ पाउडर उपलब्ध गराएका छन ।