कोरोना विरुद्ध लडन सामुहिक आव्हान

प्रकाशित मिति:

रीमा बि.सी. /बुटवल-विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ विरुद्ध सामुहिक रुपमा उत्रिनका लागि नेपालमा कार्यरत विभिन्न संघ संस्थाहरुले सामुहिक आव्हान गरेका छन् । नयाँ वर्ष २०७७ को शुभारम्भसँगै बैशाख १ गते बिहान ६ बजेको समयमा १ मिनेट तालि बजाएर सामुहिक रुपमा एक्यबद्धता जनाउनका लागि विभिन्न संघसंस्थाहरुले सबैलाई आग्रह गरेका हुन ।

यसरी आग्रह गर्नेमा नेपाल पत्रकार महासंघ,गैरसरकारी संस्था महासंघ नेपाल,लगायत विभिन्न महासंघ,संजाल र नागरिक संघ संस्थाहरुले आव्हान गरेको गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जिताराम लामाले बताउनुभयो ।विश्वमा फैलिरहेको महामारी विरुद्ध नेपालमा अग्रपंक्तिमा कारोना विरुद्ध लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु ,सुरक्षाकर्मीहरु,जनप्रतिनिधिहरु,कर्मचारीहरु, पत्रकारहरु समुदायस्तरमा स्वयंसेवकको रुपमा खटिइनुभएको व्यक्तिहरु र यो महामारीको प्रतिवाद गर्नका लागि नेपाल सरकारले गरेको लकडाउनको पालना गरेर घरमै बसिरहनु भएका सम्पूर्ण देशवासी नागरिकहरुप्रति उच्च सम्मान गर्दे आ–आफ्नो स्थानबाट १ मिनेट तालि बजाएर सम्मान गरिदिनुहुन आग्रह गरिएको छ ।त्यसै गरी विभिन्न महासंघ,संजाल र नागरिक संस्थाका प्रतिनिधिहरु बीच पाँच मिनेट नेटवर्किङ्ग बैठक मार्फत सबै नागरिक सामु सूचना प्रवाह गर्नका लागि पनि आग्रह गरिएको छ ।