कृषि बिकास बैंकको शाखा गुल्मीको पुर्कोटदहमा

प्रकाशित मिति:

अर्जुन भण्डारी,गुल्मी, कार्तिक ११ । मदाने गाउँपालिकाको पुर्कोट दहमा कृषि बिकास बैंकको शाखा कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।मदानेगाउँपालिका ६ पुर्कोट्दहमा कृषी बिकास बैंकको शाखा कार्यालय एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य सांसद रामकुमारी झाक्रीले उद्घाटन गर्नु भएको छ । शाखा उद्घाटन गर्दै सांसद झाक्रिले कृषिबिकास बैंकले कृषि क्षेत्रमा अझबढी लगानी गरि युबालाइ ब्याबसायिक बनाउन भुमिका खेल्दै सरकारको सुखि नेपााली समृ बृद्द नेपाल को अभियान मा भुमिका खेल्ने बिस्वास व्यक्त गर्दै बैंकको पुण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै विशेष अथिती ५ नम्बर प्रदेश सभा सदस्य दिनेश पन्थिले समृद्धिको यात्रामा बैंक सहयात्री भएकोले सहज सुबिधा दिन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा कृषि बिकास बैंक प्रमुख प्रशासकिय अधिकृत तथा विशेष अतिथी लिलाप्रकास सिटौलाले कृषि बिकास बैंक नाफा कमाउने उद्धेश्यले नखोलिएकोले यस बैंकले जनाताको घर घर मा स्थानियको आबश्यकतालाइ मध्यनजर गर्दै सहजै बैंकिङ सुबिधा पुर्याउनुका साथै आधुनिक गुणस्तरिय सेवा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयको छ ।

बिशेष अतिथि तथा पुर्ब अर्थ सचिब युबराज भुसालले यो क्षेत्रमा प्रसस्त सम्भावना भएकोले बैंकले सहज कर्जा प्रबाह गरि उद्धमशिलता बिकासमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा मदाने गाउपालिकाका अध्यक्ष दानबहादुर केसिले गाउँपालिकाको प्राथमिकता पनि कृषि क्षेत्र भएको र कृषि बिकास बैंकको पनि उद्देश्य कृषि क्षेत्रको बिकास भएकोले उद्धेश्य मिल्ने भएकोले सहकार्य गरि अगडी बढ्ने प्रतिबद्धता ब्यक्तगर्नु भएको थियो ।

कर्यक्रममा नेकपा सचीव बुद्धि जिसि ,बेगम बहादुर चन्द, नेपाली कांग्रेसका महेन्द्र कुँवर ,गाउँपालिका उपाध्यक्ष सरिता खड्का सम्पुर्ण जनप्रतिनिधि बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन राम गुरुङले गर्नुभएको थियो भने क्षेत्रीय कर्यालय भैरहवा का क्षेत्रीय निर्देशक नबराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।