३   जनाको आर डि किट वाट रक्त परिक्षण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली बैशाख २४, भालुवाङ(देउखुरी दाङ) राप्ती गाउँपालिकाका तिन जनालाई बुधवार कोरना संक्रमण रहे नरहेको वारेमा आर डि किट बाट चेक गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं १ का १ जना र वडा नं ६ का २ जना गरि ३ जनाको जिल्ला स्वास्थ्य कार्यालय दाङ र भालुवाङ स्वास्थ्य चौकीको टोलीले आर डि किट वाट रक्त परिक्षण गरिएको हो ।आर डि किट वाट चेक गर्दा तिनै जनाको कोरना रिपोर्ट नेगेटिभ आएको हो ।चेक जाच गरिएका ३ लाई सुरक्षित बस्न र अरु संग भेटघाट नगर्न समेत अनुरोध गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।