कोरोनालाई जितेर दुई जना घर फर्के

प्रकाशित मिति:

काठमाडौं, वैशाख ३१ । कोरोना भाइरसबाट संक्रमित थप दुई जना निको भएर घर फर्केका छन्।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा  विकास देवकोटाले रुपन्देहीको बुटवलका २५ वर्षीय पुरुष ११ औं दिन र चितवनकी ६३ वर्षीया महिला २६ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार पछिल्ला सबै परीक्षण नेगेटिभ आएपछि दुवै जनालाई डिस्चार्ज गरिएको हो। नेपालमा बुधबार दिउँसोसम्म २१९ जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमितमध्ये कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ।

थप समाचार