ट्याक्टर व्यवसायी संघ भीरकोटले प्रकोप व्यवस्थापन कोषमा २० हजार १ सय ५१ प्रदान

प्रकाशित मिति:

जेष्ठ ४,भीरकोट-कोरोना भाइरस कोविड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी राहत होस भनी विभिन्न संघ सस्थाहरुले राहत रकम दिनेहरुको क्रम जारी रहेको छ । माहामारीको रुप लिइ विश्व भ्रमण गरीरहेको कोरोना भाइरस कोविड १९ को संक्रमण वाट वच्न नेपाल यति वेला लक डाउन गरीएको अवस्थामा लक डाउनवाट प्रभावित र अति विपन्न विहान वेलुका आफ्नो परिवारको हात मुख जोड्नको लागी हम्मे तम्मे परेका भीरकोट वासी र कर्म गर्नको लागी भीरकोटमा आएर वसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी ट्याक्टर व्यवसायी संघ भीरकोटका पदाधिकारीशरुको उपस्थीतिमा संघका अध्यक्ष दिनेश कुमार कर्माचार्यले रु २० हजार १ सय ५१ रुपैया नगर प्रमुख छायाराम खनाल लाई प्रदान गरेका छन् ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लक डाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको भन्दै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्ष संग सम्र्पक गरी सिफारीस सहित नगरपालिका आउन समेत आग्रह गर्दै राहत कोषमा सहयोग जम्मा गर्नुहुने संघ सस्थाका महानुभावहरु लाई धन्यवाद व्यक्त गर्दै प्रमुख खनालले कोविड १९ को संक्रमण वढ्दै गएकाले यसको सक्रमणवाट आफु अनि अरुलाई वचाउनको लागी घरमै वसी सहयोग गर्न आग्रह गर्र्नु भयो । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २७ लाख ७३ हजार ५ सय १८ रुपैया जम्मा भएको भन्दै नगर प्रवत्ता दिपेन्द्र केसीले लक डाउन वाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न मेगा वैक लिमिटेड वयरघारीमा रहेको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी आग्रह गर्नुभयो ।