क्वारेन्टाईनमा बसेकोको शारिरिक मानसिक स्फुर्तीका लागि आयुर्वेदिक औषधि

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली जेष्ठ ४, लालमटिया९देउखुरी दाङ -राप्ती गाउँपालिकाको तिन क्वारेन्टाईनमा बसेका नागरिकलाई राप्ती आयुर्बेदिक चिकित्सालयको तर्फवाट शक्त्ति बद्र्धक आयुर्वेदिक औषधि उपलब्ध गराईएको छ ।पछिल्लो समय कोरना संक्रमणको भयावह बन्दै गएपछि भारत बाट घर फर्कने क्रममा क्वारेन्टाईनमा बसेका २१ जनालाई शारिरिक तथा मानसिक स्फुर्तीका लागि चिकित्सालयले चुर्ण प्रदान गरेको हो ।क्वारेन्टाईनमा बसेकालाई आयुर्वेदिक औषधि प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरनारोगको औषधि नभै शरिरमा शक्त्ति प्रदान गर्ने औषधिय चुर्ण भएको डाक्टर मदन कुमार विसीले बताउनु भएको छ ।

गुडुचि चुर्ण लहरे गुर्जो, अस्वगन्धा, आमलकी चुर्णको सेवनले शरिरमा शक्त्ति आउने जसले विभिन्न रोग बाट बच्नसहयोग पुग्ने समेत आयुर्वेदिक औषधि प्रदान गर्दै कविराज कैलाश न्यौपानेले जानकारी दिनुभएको छ ।राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानिय जडिबुटिको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाईनमा बसेकाको शारिरिक तथा मानसिक स्फुतिका लागि राप्ती आयुर्बेदिक चिकित्सालय तुल्सीपुरले औषधि सहित डाक्टरहरुको परामर्श टोली राप्तीका क्वारेन्टाईनमा पठाएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।डाक्टर मदन कुमार विसी, कविराज कैलाश न्यौपाने, स्वास्थ्य संयोजक नारायण राउत, संञ्चार संयोजक तिर्थराज ज्ञवाली तथा कर्मचारी दल बहादुर बस्नेत सहितको टोलिले औषधि प्रदान गर्नुको साथै क्वारेन्टाईनमा बसेकाहरु संग दुरी कायम गरि भावनात्मक कुराकानी समेत गरेको थियो ।