कोरोनालाई जितेर घर फर्किए ६२ वर्षीय पुरुष

प्रकाशित मिति:

काठमाडौं, जेठ ६ – झापाका एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार झापाका कोरोना संक्रमित ६२ वर्षीय पुरुष पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।

प्रवक्ता देवकोटाका अनुसार ती पुरुष अस्पताल भर्ना भएको २५ औं दिनमा डिस्चार्ज भएका हुन्। नेपालमा कोरोना संक्रमित ४०२ मध्ये कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ। मंगलबार उनी निको भएर घर फर्किँँदा झापामै ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

थप समाचार