रोहिणीमा पहिलो संक्रमित

प्रकाशित मिति:

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ बर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस संगै रुपन्देहीमा संक्रमित हुनेको संख्या ३७ पुगेको छ । आजै रुपन्देहीको गैडहवा गाउँपालिकामा पनि ७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

रोहिणी गाउँपालिकाममै पहिलो संक्रमित देखि पछि स्थानियमा त्रास देखिएको छ । यता रोाहिणी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै स्थानियहरुलाई नआत्तिन अनुरोध गरेको छ । संक्रमित ब्यक्ति दिल्लीबाट सिधै धकधईको रामनरेश माध्यमिक धकधईमा रहेको क्वारेन्टाईनमा बसेकोले गाउँपालिकाले सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा गाउँपालिकावासीलाई अझै बढी सतर्क हुन अनुरोध गरेको छ । यसको विकल्प भनेको लकडाउनको प्रभावकारी कार्यान्वयन भै रहेको हुदा सबैलाई लकडाउनको पालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।