काठमाडौं, जेठ १३ । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोनाको संक्रमण पुष्टि भएको छ।मंगलबार विज्ञप्ति जारी अध्यक्ष पोखरेलले गरी आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।
गुल्मीमा सोमबार दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। तीमध्ये गाउँपालिकाका अध्यक्ष पोखरेल र अर्का एक जना भारतबाट आएका व्यक्ति रहेका छन्।गाउँपालिका अध्यक्ष पोखरेलको स्वास्थ्य अवस्था समान्य रहेको र केही हप्ताका लागि एकान्त बासमा बसेका छन्।












