राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी

प्रकाशित मिति:

महेश सिंह/ सिरहा –सिरहाको लहान नगरपालिका २४ मा बिपनको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई सम्मान गरेका थिए ।
कोरोना भाइरस कोभिड–१९० को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । लकडाउन भएको तिन महिना हुन् लाग्यो । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन परिवारलाई सब भन्दा बिचल्ली भएको छ ।

दलित बस्तीमा बढी प्रभावित भएका छन । राहत नपाउनेको गुनासो रहेको छ्। आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भोगनु परेको छ ।
मंगलबार ८० र बिहिवार २० गरी जाम्मा १०० घर धुरीलाई उनीहरु अन्न दान गरेका हुन् । लहान नगरपालिका २४ खप्टेडाँडाको एकल महिला, असहाय, विपन्न दलित १०० घरपरिवार प्रतिपरिवार चामल १० किलो, तेल एक प्याकेट, नुन १ किलो, भुजा ५ सय ग्रामको दरले राहत बाडेँका हुन् । उक्त बस्तीमा लकडाउनकै क्रममा उनीहरु तेस्रो पटक राहत दिन पुगेका थिए ।

राहत कै क्रममा लहान नपा २१ बेतहा गाउँमा आइतबार ४५ घरपरिवार मुसहर समुदायमा चामल, तेल, नुन बाँडेका थिए । लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेका छन् । गाउँका हुने खानेबाट ऋण सापटी गरी छाक टार्छन् बाध्य छन ।लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्य दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा( एउटा बस्ती पुग्ने गरेका छ्न ।

उनीहरुलाई राहत बाँड्नका लागि उनको मनकारी साथी ,भाइले चामल, दाल, तरकारी, नुन र तेल सहयोग पनि गर्छन् । त्यसमा आफ्नो तर्फबाट थपेर उनीहरु गाउँगाउँमा बाँड्छन् । व्यक्तिगत रुपमा ८र१० लाख भन्दा बढी रुपैयाँको चामल, दाल, तरकारी बाडेको चौधरीले बताए । संकटको घडीमा मनकारीहरुले समस्यामा परेकाहरुलाई सहयोग गर्नु मानवको कर्तव्य हो उनीहरु बताउँछन् ।हामी दुई जोडीले राजनिती छबी बनाउन राहत बितरण नगरिरहेको अभियान्ता चौधरीले दाबी गरेका छन । मानब भएर बिपत्तीको बेला मानबलाई सहयोग गर्नु पर्छ भाबनाका साथ सामाजसेबामा लागेको स्पष्ट पार्नु भयो ।
बजारमा नाना थरीको चर्चा हुने गर्दछ ‘मलाई राजनितिक कुनै पनी स्वार्थ छैन उनले स्पष्ट पारे । म सामाजलाई सेबा गरिरहेको छु ।आज पनी जोडीले ४५ जना भारवाहन , कुल्लि , मजदुरहरुलाई प्रति ब्यक्ति १० किलो चामल , १ पोका तेल , १ पाकेट नुन लगायतको राहत सामग्री हस्तान्तरण गरेका थिए ।नेपाल महिला संघ कि केन्द्रीय सदस्य संगिता कर्माचार्यले भारबाहन कुल्लीहरु आज के खाने चिन्ता मा रहेको सुचना पाए अनुसार राहत बितरण गर्न आएकी हुँ ।’ राहत अभियनता जोडी दैबिक शक्तिको रूपमा देखिन्छ वरिष्ठ मानब अधिकारकर्मी राज कुमार राउतले बताउनु भयो ।