कपिलबस्तु २२ जेठ । कोरोना भाईरस (कोविड–१९) को कारण आज सारा विश्व लडिरहेको छ । विश्वका धेरै देशहरु आतंकित छन् । कारोना भाइरसको उच्च जोखिमवाट बच्न र यसको रोकथामका लागि सरकारले गरेको ‘लक–डाउन’ (बन्दा बन्दी ) ले जनजीवन अस्तबेस्त बन्दै गएको छ । आज लक डाउन भएको ७३ दिन पूरा भैसकेको छ । लक डाउनको समयमा ईट्टा उद्योगमा कार्यरत मदजुरहरुलाई खाद्यान्न निकै संकट परेको छ । मजदुरहरुलाई समस्या भएको समयमा कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका–८ बोडगाउँमा स्थित घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाले उद्योगमै पुगेर मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ ।यसरी विगत ७ बर्ष देखि निरन्तर श्रमिकहरुको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले बुधबार ग्लोबल फेयरनेस ईीनसीयटिभ (जीएफआई) को सहार्यक्रम संचालित “बेटर व्रिक नेपाल (विविएन)” परियोजना मर्फत रुपन्देही जिल्लामा रहेको सिद्धार्थ ईट्टा उद्योग, कपिलबस्तु जिल्लामा रहेका सेभेन स्टार ईट्टा उद्योग, न्यू सेभेन स्टार ईट्टा उद्योग र बुद्ध ईट्टा उद्योगमा कार्यरत ५ सय ३३ जना मदजुर र ६२ जना तिनका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको संस्थाको कार्यक्रम संयोजक दुर्गा अर्यालले जनकारी दिनुभयो ।
उहाँले ईट्टा उद्योगका मजदुरहरुलाई दाल, चामल, नुन, तेल, सोयविन, मसाला, आलु, विस्कुट, बेसार लगायतका करिब २ लाख ५० हजार बराबरको खाद्यान्न सहयोग गरेको बताउँनुभयो । यसरी संस्था मर्फत खाद्यान्न सहयोग पाएपछि मदजुरहरु निकै खुसी भएका छन् । न्यू सेभेन स्टार ईट्टा उद्योगका पथेराका नाईके विजय चौधरीले संस्थाले आफुहरुलाई धरै सहयोग गर्दै आएको बताउँनुभयो । उहाँले भन्नुभयो–“हाम्रो लागी यस संस्थाले धेरै राम्रो काम गरेको छ । दुःखको समयमा मात्र नभएर हरेक समय हाम्रो अभिभावकको रुपमा काम गरेको छ । हाम्रो छोराछोरीलाई विद्यालय भर्ना गर्ने, विद्यालय पोसक, कापी, कलम लगायत शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आएको छ ।” उहाँले लक डाउनको समयमा पनि हामीहरुलाई पटक–पटक सम्पर्क गरेर हाम्रो समस्याको बारेमा बुझ्ने गरेको बताउँनुभयो । त्यस्तै सेभेन स्टार ईट्टा उद्योगका संचालक कृष्ण पोख्रेलले संस्थाले ईट्टा भट्टालाई उद्योगमा रुपन्तरण गर्न ठुलो सहयोग गर्दै आएको र हरेक दुःख सुःखको समयमा यस संस्थाले निरन्तर मदजुर र उद्योगीहरुसंगको सकार्यमा कार्यक्रम गर्दै आएको बताउँनुभयो । उहाँले आफ्ना कामदारहरुलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद समेत दिनुभयो ।












