भेन्टिलेटरमा उपचारारत संक्रमित निको भए

प्रकाशित मिति:

बुटवल जेठ ३० । बुटवलको कोरोना विशेष अस्पतालबाट शुक्रवार एक बिरामी डिस्चार्ज भएका छन् । गत जेठ १४ गते कपिलवस्तुबाट ल्याई आइसियुमा भर्ना गरिएका २२ वर्षीय युवक निको भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

भर्ना गरेबाट नै भेन्टिलेटरमा राखी २ दिनसम्म उपचार गर्यौं, उनले भने, बिरामीलाई पहिल्यैबाट डायबेटिज रहेको र डायोबेटिकाएसीडोसी समेत देखिएको थियो । २ दिनपछि भने उनलाई आइसोलेसनमा सारिएको थियो । कोरोना संक्रमितमध्ये भेन्टिलेटरमा उपचार गरी निको भएका यी युवा देशमै पहिलो रहेको डा थापाले दाबी गरे । अहिले अस्पतालको आइसियुमा ३ र आइसोलेसनमा ४ जनाको उपचार भइरहेको उनले बताए ।